विशिष्ट भक्तजनहरुको आगमन -श्री शिव महापुराण कथा ज्ञान महायज्ञ २०८२ हेटौडा
तपाईंको प्रेम, सद्भाव, सहभागिता र समर्पण त्यो बालकको लागि, जसले भविष्यको चम्किलो नक्षत्र बन्ने सामथ्र्य राख्दछ । त्यो विद्यार्थी , जो विकट पहाडी भूगोलमा आफ्नो सपनाको उडान भर्न आतुर छ , तर अवसरको अभावले थिचिएको छ । त्यो बालक, जसले शिक्षा पाउन चाहन्छ, तर आर्थिक समस्याका कारण पाठशालाको ढोका ढकढक्याउन सकिरहेको छैन । तर, सम्भावनाको अनन्त आकाश उसँग छ । विकट भूगोल र विपन्न परिवेशका ती बालबालिकाको उज्वल भविष्य निर्माणका लागि राधिका फाउन्डेसनको स्तुत्य कर्म – ज्ञानको लागि दान अभियान – ऐतिहासिक, सांस्कृतिक र औद्योगिक नगरी हेटौडामा श्री शिव महापुराण दिव्य अनुष्ठान भागवत मञ्जरी राधिका दासीज्यूको सान्निध्यमा कथा प्रवचन – २०८२ वैशाख ३ देखि १३ गतेसम्म स्थानः पिप्ले क्याम्पा खेलमैदान हेटौडा ५ मकवानपुर, प्रेम सहितको दानले हजारौँ बालबालिकाको जीवनलाई उज्यालो बनाउन सक्छ । सद्भाव सहितको सहभागिताले सामाजिक उत्थानको एउटा नवीन कथा लेख्न सक्छ । सहयोग सहितको योगदानले शिक्षाको प्रकाशलाई अझ टाढासम्म पु¥याउन सक्छ । आउनुहोस् प्रियजन , यस पावन अवसरमा सार्थक सहभागिता जनाएर बालबालिकाको उज्यालो सपनाहरूलाई साकार पार्ने यो यात्राको सहयात्री बनौँ । सम्पर्क ः– ९८००८२२२२४ , ९८४१४२४९९५, ९७४५५७०१७० ।