राधिका फाउण्डेसनको मुख्य उदेश्य नै गरिब तथाअसाहाय बालबालिकाहरु जो विभिन्न भौगोलिक विकटता मा रहेर उचित शिक्षा हासिल गर्न नपाएका बालबालिका हरुको लागि संस्कार सहितको आधुनिक शिक्षा प्रदान गर्ने रहेको छ।.

More Detail Donate Now
seo-expert-imam-uddin-imamuddinwp

हार्दिक अनुरोध

राधिका फाउण्डेसन गरिब, असहाय, बालहिंसा पीडित तथा भौगोलिक विकटताका कारण उचित शिक्षा प्राप्त गर्न नपाएका बालबालिकाहरूलाई शिक्षा प्रदान गर्दै आएको एक सामाजिक संस्था हो। कन्काई–६, मनसापुर, झापा स्थित कार्यालयबाट यस संस्थाले हाल गरिब तथा असहाय बालबालिकाहरूलाई संरक्षण र शैक्षिक सहयोग उपलब्ध गराउँदै आएको छ। प्रत्येक बालबालिकाले सरल र सुलभ रूपमा गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउने नैसर्गिक अधिकारलाई आत्मसात् गर्दै संस्थाले राष्ट्रिय अभियानको रूपमा सेवा गर्दै आएको छ।

यसै अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यका साथ राधिका फाउण्डेसनले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ। त्यसैले सबै गाउँ, नगर तथा जिल्लाबाट गरिब तथा असहाय बालबालिकाहरूको शिक्षा–दीक्षाको व्यवस्थापनका लागि संस्थासँग संयोजनकारी भूमिका निर्वाह गरी आर्थिक सहयोग तथा आवश्यक समन्वय गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

PhotoPhoto
राधिका फाउण्डेसन नबिल बैक खाता नम्बर २०६०१०१७५०००२४ सम्पर्क – ९८००८२२२२४ ,985-6024995 । भारत सम्पर्क – ७८७०००७०१० र ९६९९३९०१८१ ।

हाम्रा कार्यक्षेत्रहरू

What We Doing Professionally?

सहयोग आदान प्रदान

राधिका फाउण्डेसन ले व्यक्ति, विभिन्न संघ–संस्था तथा सरकारी संयन्त्रबाट सहयोग संकलन गरी गरिब तथा अनाथ बालबालिकाको सेवा र संरक्षणमा लगाउँदै आएको छ।

सहयोग अपेक्षी नागरिक पहिचान

राधिका फाउण्डेसन ले देशभरिका स्थानीय तहसँग समन्वय गरी सहयोग अपेक्षी बालबालिकाको पहिचान तथा संरक्षण गर्ने कार्य गर्दै आएको छ।

तथ्याङ्क संकलन

राधिका फाउण्डेसन ले देशभरिका विकट पहाडी क्षेत्र तथा गरिबीको रेखामुनि रहेका नागरिकहरूको पहिचान गरी आवश्यक तथ्याङ्क संकलन गर्ने कार्य गर्दै आएको छ।

सेवा विस्तार कार्यक्रम

राधिका फाउण्डेसन ले हाल काठमाडौँ तथा झापामा सञ्चालनमा रहेको सेवालाई देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ।

सचेतना कार्यक्रम

राधिका फाउण्डेसन ले समाजबाट उपेक्षित वर्ग तथा समुदायहरूको हक–अधिकार सुनिश्चित गर्दै उनीहरूको जीवनस्तर उकास्न विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

स्वास्थ्योपचार

राधिका फाउण्डेसन ले गरिब तथा असहाय नागरिकहरूका लागि निःशुल्क उपचारको व्यवस्था गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने कार्य गर्दै आएको छ।

1001

सेवा प्राप्त संख्या

250

पुनर्मिलन संख्या

150

पदक तथा सम्मान संख्या

1500

भेटघाट कार्यक्रम संख्या

कार्यक्रमका केही झलकहरू

What We do
  • All
  • Event
  • Gallary
  • Foods
  • Our Team

हाम्रो अनुभवहरू

उल्लेखनीय कार्यक्रमहरू
गत २०७९ सालदेखि हालसम्म
२० कोठे सेवा भवन निर्माण कार्य

राधिका फाउण्डेसन ले अनाथ तथा असहाय बालबालिकाहरूका लागि निःशुल्क खाना, बस्न र आधुनिक शिक्षा सुविधा प्रदान गर्न कन्काई–६, झापामा भवन निर्माण कार्य सञ्चालन गर्दै आएको छ।

२०८० सालदेखि निरन्तर
निःशुल्क शिक्षा प्रदान कार्यक्रम

राधिका फाउण्डेसन ले २०८० सालदेखि अनाथ तथा असहाय बालबालिकालाई निःशुल्क खाना, बस्ने सुविधा र आधुनिक शिक्षा प्रदान गर्ने काम निरन्तर रूपमा गर्दै आएको छ।

२०७८ साल
राधिका फाउण्डेसन स्थापना

राधिका फाउण्डेसन गरिब, असहाय र बाल हिंसा पीडित बालबालिकालाई शिक्षा, संरक्षण र सामाजिक सेवा प्रदान गर्नका लागि भागवत मंजरी राधिका दासीजीको परिकल्पनामा भएको हो।

सम्पन्न कार्यक्रम तथा गतिविधिहरू

भर्खरै सम्पन्न गतिबिधिहरु

राधिका फाउन्डेशन तथा माता राधिका दासीज्यूको नेतृत्वमा सम्पूर्ण टोलीद्वारा हालै सम्पन्न गरिएका कार्यक्रमहरूको सूचना तथा तस्बिरहरू हामी यहाँ प्रस्तुत गर्दै आएका छौँ।

बालबालिकाहरु : राधिका फाउण्डेशन

 अमेरिकामा विश्वशान्ति ज्ञानमहायज्ञ–२०२६ अन्तर्गत श्रीमद्देवीभागवत कथा–प्रवचन आयोजना हुने


ओहायो, अमेरिका।
विश्व भूटानी हिन्दु सङ्गठन (GBHO) को आयोजनामा विश्वशान्ति ज्ञानमहायज्ञ–२०२६ को वार्षिकोत्सवको अवसर पारेर अमेरिकाको ओहायो राज्यस्थित दिव्य धाम ॐ सेन्टरमा भव्य श्रीमद्देवीभागवत कथा–प्रवचन आयोजना हुने भएको छ।

आयोजकका अनुसार आगामी जुलाई ६ देखि १२, २०२६ सम्म सञ्चालन हुने उक्त धार्मिक कार्यक्रममा अन्तर्राष्ट्रिय कथावाचिका तथा श्रीराधिकाजी दासीज्यूको मुखारविन्दबाट श्रीमद्देवीभागवत महापुराणको दिव्य कथा–प्रवचन हुने छ।

धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक चेतनाको प्रवर्द्धन गर्दै विश्वशान्ति, मानव कल्याण र सनातन धर्मको संरक्षण एवं संवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ। कार्यक्रममा अमेरिका तथा विभिन्न देशमा बसोबास गर्ने हिन्दु धर्मावलम्बी, भक्तजन तथा धर्मप्रेमी समुदायको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

सात दिनसम्म सञ्चालन हुने यस ज्ञानमहायज्ञमा देवीभागवत महापुराणका आध्यात्मिक रहस्य, धर्म, संस्कार, नैतिक शिक्षा तथा जीवनोपयोगी सन्देशहरू प्रस्तुत गरिनेछन्। आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजनलाई उपस्थित भई कथा–श्रवण गरी आध्यात्मिक लाभ लिन हार्दिक अनुरोध गरेको छ।

कार्यक्रम दिव्य धाम ॐ सेन्टर, 4270 State Route 309, Galion, Ohio 44833, USA मा आयोजना हुने जनाइएको छ।

“विश्वशान्ति, आध्यात्मिक जागरण र सनातन संस्कृतिको संरक्षणका लागि आयोजना गरिएको यस पवित्र महायज्ञमा सहभागी बनौँ।” भन्ने सन्देशका साथ आयोजकले सम्पूर्ण समुदायलाई सादर निमन्त्रणा दिएको छ।

श्रीमद्भागवत कथा तथा आध्यात्मिक प्रेरणा महोत्सव – मेलबर्न, अष्ट्रेलिया

मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाको मेलबर्नस्थित आस्था नेपाली मन्दिर (श्री पशुपतिनाथ मन्दिर) मा आगामी अगस्ट ३ देखि अगस्ट १०, २०२६ सम्म भव्य श्रीमद्भागवत कथा ज्ञान महायज्ञ आयोजना हुने भएको छ। उक्त पावन कार्यक्रममा नेपालकी चर्चित आध्यात्मिक वक्ता तथा प्रेरणादायी प्रवचक राधिका दासी जी प्रमुख वाचकको रूपमा सहभागी हुनुहुनेछ। मेलबर्नस्थित नेपाली हिन्दू समुदायद्वारा सञ्चालन गरिएको आस्था नेपाली हिन्दु समाज तथा श्री पशुपतिनाथ मन्दिर नेपाली समुदायको महत्वपूर्ण धार्मिक केन्द्रका रूपमा परिचित छ।

कार्यक्रम अवधिभर राधिका दासी जीले श्रीमद्भागवत कथाको रसपान गराउनुका साथै आध्यात्मिक जागरण, नैतिक जीवन, पारिवारिक सद्भाव, युवा प्रेरणा तथा जीवन रूपान्तरणसँग सम्बन्धित विविध प्रेरणादायी प्रवचनहरू प्रदान गर्नुहुनेछ। धार्मिक ज्ञान, भक्ति, संस्कार र सकारात्मक सोचको सन्देश फैलाउने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रममा भजन–कीर्तन, सत्सङ्ग तथा विभिन्न आध्यात्मिक गतिविधिहरू समेत समावेश गरिने आयोजकले जनाएको छ।

मेलबर्न तथा अष्ट्रेलियाभर रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस दिव्य अवसरमा सहभागी भई धर्म, संस्कार र आध्यात्मिक उन्नतिको लाभ लिन हार्दिक निमन्त्रणा गरिएको छ। आयोजकका अनुसार यस कार्यक्रमले विदेशमा बसोबास गर्ने नेपाली समुदायबीच धार्मिक, सांस्कृतिक तथा सामाजिक एकतालाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।

कार्यक्रम विवरण:
📅 मिति: ३ अगस्ट – १० अगस्ट, २०२६
📍 स्थान: आस्था नेपाली मन्दिर (श्री पशुपतिनाथ मन्दिर), मेलबर्न, अष्ट्रेलिया
🎙️ प्रमुख वाचक: राधिका दासी जी

"भक्तिको अमृत वर्षासँगै आध्यात्मिक चेतनाको उज्यालो फैलाउने यस ऐतिहासिक कार्यक्रममा सम्पूर्ण अष्ट्रेलियावासी नेपाली समुदायलाई हार्दिक स्वागत तथा निमन्त्रणा।" 🙏🕉️

संस्थाबारे जिज्ञासा तथा सुझाव भएमा सम्पर्क गर्नुहोस्। Radhika Foundation

Get In Touch

हाम्रो बारे जान्न तथा बुझ्न गुगलमा समेत खोज्न सक्नुहुनेछ। @radhikafoundation . हजुर हरुको सल्लाह सुझाबको प्रतिक्षामा रहने छौ। 😎

राधिका दासी
अध्यक्ष
अन्जु आचार्य
वरिष्ठ उपाध्यक्ष
कैलाश गर्तौला
उपाध्यक्ष
शान्ता न्यौपाने
कोषाध्यक्ष
कल्पना भट्टराई
सचिव
रमा नेपाल
सदस्य
इन्दिरा गेलाल
सदस्य
नकुल दुबे
व्यवस्थापक
पंकज नेपाल
जनसम्पर्क
मिलन चौहान
कर्मचारी
Radhika Foundation Welcome to WhatsApp chat
Howdy! How can we help you today?
Type here...