परम श्रद्धेय भागवत मञ्जरी, पुराण कथावाचिका तथा प्रेरणादायी वक्ता राधिका दासी माताजीलाई आज परेको शुभ जन्मोत्सवको पावन अवसरमा राधिका फाउन्डेसन परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना, सुस्वास्थ्य, दीर्घायु तथा सुख–शान्तिको कामना गर्दछौँ।
धर्म, अध्यात्म, मानवसेवा र सकारात्मक सोचको माध्यमबाट समाजमा आशा, विश्वास र प्रेरणाको ज्योति फैलाउँदै आउनुभएकी माताजीको जीवन आफैँमा धेरैका लागि प्रेरणाको स्रोत बनेको छ। तपाईंका आध्यात्मिक प्रवचन, भागवत कथा तथा प्रेरणादायी वाणीले निराश र जीवनको कठिन मोडमा पुगेका धेरै मानिसहरूमा नयाँ आशा, आत्मविश्वास र जीवनप्रतिको विश्वास जगाउन महत्वपूर्ण भूमिका खेलेको छ।
जीवन र मृत्युको दोसाँधमा पुगेका व्यक्तिहरूले समेत तपाईंको प्रेरणा, सेवा, सहयोग र हौसलाबाट पुनः जीवनप्रतिको आशा प्राप्त गरेको देख्दा तपाईंले मानवसेवामा पुर्याउनुभएको योगदानप्रति हामी अत्यन्त गौरवान्वित छौँ।
माताजीको आगामी जीवन अझ उज्यालो, सफल, सुखमय र सेवामय बनोस्। तपाईंको ज्ञान, वाणी, आशीर्वाद र मानवसेवाको यात्रा अझ धेरै मानिसहरूको जीवनमा आशा र प्रेरणाको दीप बनेर फैलिरहोस्।
श्रीराधा–कृष्णको कृपा सधैँ तपाईंमाथि रहोस्।
शुभ जन्मोत्सवको हार्दिक मंगलमय शुभकामना, आदरणीय राधिका दासी माताजी!
– राधिका फाउन्डेसन परिवार 🙏🌹

0 comments:
Post a Comment