श्री शिव महा पुराण २०८२, आज नवौ दिवस दिवाकालीन सत्रका केहि झलक

श्री शिव महा पुराण २०८२, आज नवौ दिवस दिवाकालीन सत्रका केहि झलक

सम्पूर्ण दान दाता तथा उपस्थित भक्तजन हरुमा हार्दिक धन्यबाद। 

श्री शिव महापुराण कथा ज्ञान महायज्ञ २०८२ हेटौडा

  तपाईंको प्रेम, सद्भाव, सहभागिता र समर्पण त्यो बालकको लागि, जसले भविष्यको चम्किलो नक्षत्र बन्ने सामथ्र्य राख्दछ ।  त्यो विद्यार्थी , जो विकट पहाडी भूगोलमा आफ्नो सपनाको उडान भर्न आतुर छ , तर अवसरको अभावले थिचिएको छ । त्यो बालक, जसले शिक्षा पाउन चाहन्छ, तर आर्थिक समस्याका कारण पाठशालाको ढोका ढकढक्याउन सकिरहेको छैन । तर, सम्भावनाको अनन्त आकाश उसँग छ । विकट भूगोल र विपन्न परिवेशका ती बालबालिकाको उज्वल भविष्य निर्माणका लागि राधिका फाउन्डेसनको  स्तुत्य कर्म – ज्ञानको लागि दान अभियान – ऐतिहासिक, सांस्कृतिक र औद्योगिक नगरी हेटौडामा श्री शिव महापुराण दिव्य अनुष्ठान भागवत मञ्जरी राधिका दासीज्यूको सान्निध्यमा   कथा प्रवचन – २०८२ वैशाख ३ देखि १३ गतेसम्म  स्थानः पिप्ले क्याम्पा खेलमैदान हेटौडा ५ मकवानपुर,      प्रेम सहितको दानले हजारौँ बालबालिकाको जीवनलाई उज्यालो बनाउन सक्छ । सद्भाव सहितको सहभागिताले सामाजिक उत्थानको एउटा नवीन कथा लेख्न सक्छ ।  सहयोग सहितको योगदानले शिक्षाको प्रकाशलाई अझ टाढासम्म पु¥याउन सक्छ । आउनुहोस् प्रियजन , यस पावन अवसरमा सार्थक सहभागिता जनाएर  बालबालिकाको उज्यालो सपनाहरूलाई साकार पार्ने यो यात्राको सहयात्री बनौँ । सम्पर्क ः– ९८००८२२२२४ , ९८४१४२४९९५, ९७४५५७०१७० ।