आगामी मङ्सिरमा कोशी पर्यटन धार्मिक माई महोत्सव २०८२

आगामी मङ्सिरमा कोशी पर्यटन धार्मिक माई महोत्सव २०८२

 
कोशी पर्यटन वर्ष २०८२ को नारालाई साकार पार्ने उद्देश्यले कोशी प्रदेशभित्र रहेका विविध जातजातीका मेला–पर्व तथा धार्मिक स्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढाउने कार्य भइरहेको सन्दर्भमा, राधिका फाउण्डेसनकोशी प्रदेश सरकारको संयुक्त आयोजनामा आउँदो मंसिर ६ गतेदेखि २० गतेसम्म भव्य कोशी पर्यटन धार्मिक माई महोत्सव २०८२ आयोजना हुन गइरहेको छ। 

उक्त महोत्सवमा दैनिक रुपमा कोशी प्रदेश अन्तर्गत सम्पूर्ण जिल्ला हरु बाट विभिन्न जात जातिका धार्मिक तथा संस्कृतिक झाकी, नृत्य लगायत पाठ पुजा समेत गरिने जनाइएको छ।