आर्थिक सहयोग तथा आवश्यक समन्वय गरिदिनुहुन हार्दिक अनुरोध

आर्थिक सहयोग तथा आवश्यक समन्वय गरिदिनुहुन हार्दिक अनुरोध

राधिका फाउण्डेसन गरिब, असहाय, बालहिंसा पीडित तथा भौगोलिक विकटताका कारण उचित शिक्षा प्राप्त गर्न नपाएका बालबालिकाहरूलाई शिक्षा प्रदान गर्दै आएको एक सामाजिक संस्था हो। कन्काई–६, मनसापुर, झापा स्थित कार्यालयबाट यस संस्थाले हाल गरिब तथा असहाय बालबालिकाहरूलाई संरक्षण र शैक्षिक सहयोग उपलब्ध गराउँदै आएको छ। प्रत्येक बालबालिकाले सरल र सुलभ रूपमा गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउने नैसर्गिक अधिकारलाई आत्मसात् गर्दै संस्थाले राष्ट्रिय अभियानको रूपमा सेवा गर्दै आएको छ।

यसै अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यका साथ राधिका फाउण्डेसनले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ। त्यसैले सबै गाउँ, नगर तथा जिल्लाबाट गरिब तथा असहाय बालबालिकाहरूको शिक्षा–दीक्षाको व्यवस्थापनका लागि संस्थासँग संयोजनकारी भूमिका निर्वाह गरी आर्थिक सहयोग तथा आवश्यक समन्वय गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।